तोलामा १५ सय रुपैयाँ घट्यो सुनको मुल्य

तोलामा १५ सय रुपैयाँ घट्यो सुनको मुल्य

काठमाडौं / सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९० हजार रुपैयाँमा झरेको हो ।

यस्तै तेजावी सुनको मूल्य भने तोलामा एक हजार ४५० रुपैयाँले सस्तो भएको छ । शुक्रबार प्रतितोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको आजको कारोबार मूल्य ८९ हजार ५५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले सस्तो बनेर प्रतितोला एक हजार दुई सय ४० रुपैयाँमा काराबोर भइरहेको छ । शुक्रबार एक हजार २६५ रुपैयाँ चाँदीको कारोबार भएको थियो ।

सम्बन्धित खवर