लहान / नेकपा ( एमाले ) सिरहाका सक्रिय युवा नेता तथा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका प्रमुख केदार यादवले मधेशका जनताले एमाले एक होस भन्ने चाहेको बताएकाछन् ।
सञ्चारकर्मीहरुसँगको भेटमा आन्तरिक विवादले एमालेको तल्लो संगठनमा कुनै असर नपरेपनि एमाले फुट्ने पो होकि भनेर सबैलाई चिन्तित भने बनाएको यादवले बताए । नेतृत्व तहका नेताविचको आन्तरिक विवादले एमालेको तल्लो संगठनमा कुनै असर परेको छैन, पुराना कम्युनिष्ट नेता यादवको भनाई थियो , तर एमाले नफूटोस् भन्ने चाहना सबैको छ ।
माधव नेपाल समूहको पार्टी एकता गर्ने निर्णय स्वागतयोग्य भएको बताउँदै यादवले सर्वोच्च अदालतको परमादेशबाट वहिगर्मित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको बिकास निर्माणको कामले प्रतिकृयावादीहरु अताल्लिएको दावि गरे । सर्वोच्च अदालतको परमादेशबाट हालै बहिर्गमित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देसमा अकल्पनिय विकास गरेकाले प्रतिकृयावादीहरुलाई खपिनसक्नु भयो , यादवको भनाई थियो , ओली सरकारले अकल्पनिय विकास गरेकै कारण देस अहिले एमालेमय बनेको छ ।