‘द भ्वाइस अफ नेपाल ३’को उपाधि किरणलाई

‘द भ्वाइस अफ नेपाल ३’को उपाधि किरणलाई

काठमाडौं / ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन् । उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।

यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दाजी{लिङका आय{न तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन् । एक सातासम्म दश{कले गरेको भोटका आधारमा यो निण{य भएको हो । एसएमएस र अनलाइन माफ{त संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।

किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गने{ सबै नेपालीलाई धन्यवाद दिए । किरणले भने–‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’ टिम प्रमोदको प्रतिस्पधी{ले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् । यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए । यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुँदै आएको थियो ।

सम्बन्धित खवर