मिस कोशीमा ३० युवती छनौट

मिस कोशीमा ३० युवती छनौट

विराटनगर ।
विभिन्न चरणको अडिसनदेखि छैठौं संस्करणको मिस कोशी प्रतियोगितामा ३० युवती छनौ भएका छन् ।
विराटनगर र इटहरी भएको पहिलो र दोस्रो चरणको अनलाइन र भौतिक रूपमा लिएको अडिसनबाट ३० जना युवती छनौट भएका हुन् ।
विराटनगरमा भएको दोस्रो चरणको अडिसनमा ९ जना सहभागि मध्ये ४ जना छनौट भए । यस्तै इटहरीमा भएको पहिलो चरणको अडिसनमा १५ जनामा ९ जना छनौट भएका हुन् ।
यसअघि सम्पन्न भएको पहिलो चरणको अडिसनबाट १७ जना छनौट भएको जय मिडिया म्यानिजमेन्ट प्रालिका चियरमेन जय राज रायले जानकारी दिए । दुई चरणको अडिसनदेखि फाइनलमा ३० जना पुगेका छन् ।
उक्त प्रतियोगिताको फाइनलमा ३५ जना प्रतियोगि छनौट गरिनेछ । थप पाँच जना प्रतियोगि अनलाइनबाट लिने तेस्रो चरणको अडिसनदेखि छनौट गरिने आयोजकले जनाएको छ ।


‘प्रतियोगितामा सहभागि जनाउने इच्छुकहरूको लागि अनलाइन अडिसन हामीले खुल्ला गरेका छौं,’ सिइओ निशा खतिवडाले भनिन्, ‘प्रतियोगितामा भाग लिने इच्छुक किशोरीले अनलाइनबाट पनि सहभागि जनाउन सक्नुहुनेछ । सहभागि मध्ये उत्कृष्ट हुने किशोरीलाई फाइनलको लागि छनौट गरिनेछौं ।’
किशोरीमा भएको प्रतिभा उजागर गर्नुको साथै व्यातित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनल आगमी असोजमा हुनेछ ।
छनौट भएका किशोरीहरूलाई महिना दिनको बन्द प्रशिक्षण भदौको दोस्रो हप्तादेखि सुरु हुनेछ ।
आयोजकले सहभागिहरुको सहजको लागि अनलाइन र भौतिक रुपमा अडिसन लिने गरेको छ । प्रतियोगिताको बिजेता स्कुटी र विभिन्न गिफट ह्याम्परको साथै पोखरा टुर पनि रहेको छ ।

सम्बन्धित खवर