विर्तामोड नगरपालिकामा लगाइएको ताला ३० घण्टापछि खोलियो

विर्तामोड नगरपालिकामा लगाइएको ताला ३० घण्टापछि खोलियो

झापा : झापाको विर्तामोड नगरपालिकामा लगाइएको ताला खोलिएको छ। आइतबार भएको सर्वपक्षीय छलफलले नगरमा लगाइएको ताला ३० घण्टापछि खोलिएको हो ।

सर्वसाधारणका लागि आएको खोप होटलमा कोरोना फोकल पर्सन ओम खड्कासहित स्थानीयले फेला पारेपछि त्यसको बिरोधमा गर्दै शनिबार बिहानदेखि नगरमा अनिश्चितकालको लागि ताला लगाइएको थियो ।

इलाक़ा प्रहरी कार्यालय अनारमनी बिर्तमोडमा आज बसेको सर्वपक्षीय बैठकले नगरपालिकामा लगाइएको उक्त ताला खोल्ने निर्णय गरेको हो। बैठकले खोपको विषयमा उत्पन्न भएको समस्या समाधानका लागि बनेको छानबिन समितिलाई निष्पक्ष छानबिन गर्न अनुरोध गर्ने र आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।

बैठकले बिवादमा तानिएका कोभिड फोकल पर्सन ओम खड्कालाई तत्काल ज़िम्मेवारीबाट हटाउन नपालाई अनुरोध गर्ने निर्णय गरेको छ।

यता उक्त घटनाको सम्बन्धमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले शनिबार नै सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा छानबिन समिति समेत गठन गरी सात दिन भित्र प्रतिवेदन पेस गर्न भनिसकेको छ ।

सम्बन्धित खवर