माधव नेपाललाई पार्टीमा ठाउँ छैन : अध्यक्ष ओली

माधव नेपाललाई पार्टीमा ठाउँ छैन : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् ।

नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटी बैठकमा अध्यक्ष ओलीले बाटो बिराएका साथीले आफ्नै पार्टीको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाएको सन्दर्भ जोड्दै त्यस्ता मुख्य व्यक्तिलाई पार्टीमा ठाउँ नहुने दोहो¥याए ।

उनले अरु नेताहरू जो गल्ती महसुस गरेर आउनेछन् भने स्वागत गरिने तर नआउनेहरू छुट्दै जाने बताउनुभयो । अन्यसँग अहिले पनि कुरा भइरहेको उहाँको भनाइ थियो ।

अहिलेको परिस्थितिमा उच्च मनोबलका साथ आन्दोलन सशक्त बनाउनुपर्नेमा आवश्यकता औँल्याउँदै ओलीले खुट्टा तान्ने मान्छे हटेकाले अबको निर्वाचनमा बहुमत ल्याएर देखाउने ठोकुवा गरे । उनले पार्टी नेता कार्यकर्तालाई स्वार्थमा नलागी उपयुक्त ढङ्गले पदको बाँडफाँट गरेर एकताबद्ध हुन पनि निर्देशन दिए ।

निर्वाचनमा बहुमत पु¥याएर देखाउन नेकपा (एमाले)सामु इतिहासकै चुनौतीपूर्ण घडी खडा भएको र अहिले धेरै फल्नुपर्ने बेलामा हाँगा काटिएको छ भने । ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्षमा मुलुकको विकास र समृद्धिमा देखिने गरी काम गरेको पनि दाबी गर्नुभयो । बाटाघाटा, पुल, पूर्वाधारमात्रै नभई डिजिटल नेपाल निर्माणको आधार तय भइसकेको उहाँले बताए ।

उनले अहिलेको यो डेढ वर्षका लागि खाएको धक्का आगामी निर्वाचनमार्फत पाँच वर्षका लागि सरकार बनाउने गरी आउने दाबी गरे । उनले दुईपटक प्रधानमन्त्री हुँदा असफल नभएको बरु ऐतिहासिक प्रधानमन्त्री बनेको जिकिर गरे ।

पार्टीका नेता तथा कार्यकतालाई स्वार्थभन्दा माथि उठेर विचारमा केन्द्रित हुन पनि सुझाव दिनुभयो । उहाँले खराब तत्व बाहिरिएकाले पार्टी अझ बलियो भएको पनि बताए । अध्यक्ष ओलीले दल पूर्वस्थितिमा गए पनि आफ्नो पार्टी एकीकृत नै रहेको र त्यही भावनाका साथ पार्टी अघि बढेकाले कुनै अलमलमा बस्नुपर्ने अवस्था नरहेको बताए ।

सम्बन्धित खवर