प्रेस चौतारीद्वारा पत्रकार महासंघ कास्कीमा तालाबन्दी

प्रेस चौतारीद्वारा पत्रकार महासंघ कास्कीमा तालाबन्दी

कास्कीका क्रियाशिल पत्रकार रञ्जन अधिकारीलाई समाचार लेखेको विषयलाई लिएर धम्की आएको घटनामा नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी कास्कीले तालाबन्दी गरेको छ । पत्रकारहरुको संगठन नै पत्रकारको अभिभावकत्व लिन सकेन भन्दै चौतारीले शनिबार तालाबन्दी गरेको हो ।

रञ्जन अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले अधिकारीलाई तीन दिनसम्म फोन मार्फत् तनाव दिने, फेसबुक म्यासेन्जर र एसएमएसमार्फत् धम्की दिने, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की लगाउने कार्य भएकोमा प्रेस चौतारी कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको र यसमा पत्रकारहरुको संगठनले केही नबोलेको भन्दै तालाबन्दी गरिएको प्रेस चौतारीले जनाएको छ ।

पत्रकारमाथि यस्ता धम्की आउँदा पनि पत्रकार महासंघले अभिवाकत्व ग्रहण नगरेको भन्दै तालाबन्दी गरिएको हो । साथै यस्तो निन्दनिय कार्यमा संलग्न व्यक्ति श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका सफल सुवेदीलाई कारबाहीको दायरामा नल्याउदासम्म तालाबन्दी नखोलिने प्रेस चौतारीले जनाएको छ ।

सम्बन्धित खवर