मोरङको रतुवामाई नगरपालिकाले साप्ताहिक हाटबजारहरु एक साताका लागि बन्द गर्ने निर्ण गरेको छ । पछिल्लो समय समुदायस्तरमै कोरोना संक्रमण देखिएपछि नगरपालिकाले उक्त निर्णय गरेको हो ।
सम्भावित जोखिम न्युनीकरणका लागि नगर क्षेत्र भित्र नियमित पुजाआज बाहेक भिडभाड हुने गरी सार्वजनिक पुजा आज गर्न समेत बन्द गरिएको नगर प्रमुख रविन राईले बताउनुभयो । नगरपालिका भित्र संचालनमा रहेका होटल तथा रेष्टुरेन्टहरु बेलुका ६ बजेसम्म मात्र संचालन गर्न पाइने नगरप्रमुख राईले बताउनुभयो । त्यसै गरी कोरोनाको संक्रमण समुदायस्तरमै फैलिएपछि नगरपालिकाले परीक्षण समुदायस्तरमै गर्ने भएको छ ।
रतुवामाई नगरपालिकाको वडा नम्बर ६ रु ८ को शान्तिपुर पेट्रोल पम्प सडकखण्ड, दाम्राभिट्टा बजार, सिक्किमे टोल, गुरुङ टोल, सुवेदी चौक लगायतका क्षेत्रमा सार्वजनिक क्रियाकलापहरु बन्द गरिएको छ ।