आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्ने

आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्ने

काठमाडौँ / लामो तथा छोटो दूरीका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आउने भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को निणर्य अनुसार यातायात सञ्चालन गर्ने निणर्य भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर यात्राको लागि सहजीकरण गर्न यातायात चल्न दिने निणर्य हो ।

यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ । साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउण्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ । गृहमन्त्रालयले लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरी सकेको छ ।

सम्बन्धित खवर