सभापतिमा सिटौलाको फिर्ती घोषणा बेतुकको फण्डाः तरुण दल उर्लाबारी

सभापतिमा सिटौलाको फिर्ती घोषणा बेतुकको फण्डाः तरुण दल उर्लाबारी

उर्लाबारी । नेपाल तरुण दल उलर्ाबारीको नगर सभापतिको जिम्मेवारी बाट चार वर्ष अघिनै स्वतस्र्फुत पदको जिम्मेवारी छोडी विदा भएका नारायण सिटौलाले ४ वर्ष पछि जिम्मेवारीमा फर्किने घोषणा गरेपछि तरुण उर्लाबारीले सो कुराको खण्डन गरेको छ ।
सिटौलाले चार वर्ष अघि नै आफु तरुण दलको सभापतिमा रहेर कार्य गर्न नसक्ने घोषणा गर्दै तत्कालिन नगर उप-सभापति रोहित कार्कीलाई जिम्मेवारी सुम्पेर दावि विरोध नगर्ने प्रतिवद्धताका साथ पदिय हैसियतको गतिविधिमा नरहने घोषणा गरेको बर्तमान तरुण दल कार्यसमिती उर्लाबारीले जनाएको छ
४ वर्ष सम्म पार्टीको गतिविधीमा निस्कृय रहेका सिटौलाले नेपाली काग्रेसको आसन्न १४ औ महाधिवेसनको संघारमा आएर आफुलाई एक्कासी विगठित समितिको सभापति नै मै हुँ भन्नु जायज नभएको तरुण दल उर्लाबारीले जनाएको छ ।
बिहिबार उर्लाबारी स्थित पार्टी कार्यालयमा नेपाल तरुण दल उर्लाबारी कार्यसमितीले पत्रकार सम्मेलनको आयोजना सिटौलाको गतिविधी आपत्ती जनक भएको जनाएको छ ।
कार्यसमितिले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ- २०७५ माघ १६ गते पश्चात पार्टीलाई चलायमान बनाउन नेपाली काग्रेस, नेपाल तरुण दल, ने.वी सघ, नेपाल किसान सघ, नेपाल महिला सघ र संघठन विभाग सचिव तेजिन्द्र भट्टराईको उपस्थितीमा सर्वसम्मत रुपमा रोहित कार्कीलाइ नै सभापति घोषणा गरेको कुरा प्रस्ट पारिएको छ ।
यता ४ वर्षको अन्तरालपछि २०७८ साउन ६ गते दमक ४ स्थित वोण्डरल्याण्ड होटलमा नारायण सिटौलाले पुन नेपाल तरुण दल उर्लाबारी नगर सभापतिमा फर्किए भन्ने भ्रामक र कुण्ठित मनासाय लिई पत्रकार सम्मेलन मार्फत कार्यकर्तामाझ भ्रम पैदा गरी उक्साहटमा गिजोल्न लागि परेको ठहर बर्तमान कार्यसमितीको रहेको छ ।
तसर्थ सिटौलाको बेतुकको फण्डा र गैह्रजिम्मेवार अभिव्याक्तिको पछि नलागी बर्तमान तरुण दल कार्यसमिती नै आधिकारीक भएकोले भ्रममा नपर्न तरुण युवाहरु र काग्रेस प्रति प्रतिवद्ध जनमानसलाई बर्तमान कार्यसमितिले आग्रह गरेको छ ।
बर्तमान नगर समितिले कार्कीलाई २०७५ माघ १६ गतेको भेलाले सर्वसम्मतीका साथ नगर सभापति घोषणा गरेको बोद्धार्थ पत्र नेपाली कांग्रेस नगर समिति, क्षेत्रिय समिति, जिल्ला कार्य समिति, तरुण दल केन्द्रिय कार्यालय काठमान्डौ र तरुण दल उर्लाबारी वडा समितिलाई पठाएको छ ।


सिटौलाको संगठनमा सभापति हुदा योगदान कति

तरुण दलको चौथो नगर अधिवेशनबाट निर्वाचित भएका सिटौलाले संगठनमा आफुले पाएको जिम्मेवारीलाई १ वर्ष सम्म पनि निर्वाह गरेनन् ।
२०७४ जेठमा उप-सभापति कार्कीलाई संगठनको कार्यबहाक सुम्पेर व्यावसायिक यात्रामा झापा भासिए पछि उर्लाबारीको तरुण दल गतिहिन बन्न पक्कापक्की जस्तै भयो ।
त्यस दौरानमा सिटौलालाई पटकपटक संगठनलाई चलाएमान गराउन अनुरोध गरेपनि उनले आफु व्यावसायिक क्षेत्रमा लागेको र कुनै पनि हालतमा संगठनमा समय दिन नसक्ने बताए पछि २०७५ माघ १६ को भेलाले संगठनलाई चलायमान बनाउन रोहित कार्कीलाई सर्वसम्मतीका साथ नगर सभापतिको जिम्मेवारी सुम्पेर अगाडी बढेको सो भेलामा सहभागिहरुले बताए ।

यता सिटौला द्वारा बुधबार जारी प्रेस विज्ञप्तीमा पनि आफुले ब्यापारिक र घरायसी कार्य ब्यस्तताका कारण संगठनलाई समय दिन नसके पछि ०७४ साल जेठमा उप सभापति रोहित कार्कीलाई कार्यबहाक सभापतिको जिम्मेवारी बताएका छन् ।
४ वर्ष सम्म संगठनको गतिविधमा निस्कृय रहेका सिटौला हाल आएर संगठनको काम आफै सम्पादन गर्न सक्ने अवस्थामा पुगेको भन्दै सभापति रोहित कार्कीलाई दिइएको जिम्मेबारी एकलौटी रुपमा फिर्ता लिएको घोषणा गर्दै पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।


को हुन रोहित कार्की उनको योगदान कति छ संगठनको लागि

रोहित कार्की नाम उर्लाबारी नगरपालिकामा युवाहरु माझ लोकप्रिय परिचय हो भने उर्लाबारी ३ मा झनै लोकप्रिय छ यो नाम युवा वर्गका लागि रोहित कार्की एउटा सकरात्क सोच र सत्कर्मको प्रेरणा पनि हो ।
समाजका हरेक क्षेत्रमा रहेका युवाहरु माझ लोकप्रिय रहेको नाम पछिल्लो समय नेपाली काग्रेसको १४ औ अधिवेशनमा ३ नम्वर वडा सभापतिमा आए सगै कार्कीमाथी हिलो छेप्ने र उनलाई विचलित गराउने गतिवधिहरु ह्वातै बढेर गएको तरुण युवाहरुको भनाइ छ ।
युवा शक्ति नै राष्ट्र निर्माणको अन्तिम शक्ति हो मान्यता राख्ने कार्की उर्लाबारी मात्रै नभएर क्षेत्र नम्वर १ सगै छिमेकी पालिकाहरुमा प्रेरणाका स्रोत हुन ।
युवाहरुलाई अवसर र नेतृत्व दिनु पर्छ भन्ने मान्यता बोकेका कार्कीले २०७४ जेठ मा कार्यबहाक नगरसभापतिको जिम्मेवारी सम्महाले सगै विगतमा १ सय भन्दा कम कार्यकर्ता रहेको तरुण दललाई विस्तार गर्दै लगेको तरुण युवाहरुको बुझाई छ ।
सोही क्रममा कार्यबहाक जिम्मेवारी सम्माहदै गर्दा पनि पटक-पटक जिम्मेवारीमा फर्कन सिटौलाई अनुरोध गरेपनि उनले अस्विकार गरेपछि ०७५ माघ १० पछि अस्थिर अवस्थामा रहेको तरुण दल नगर समितिलाई चलायमान गराउन भेलाले सर्वसम्मतीका साथ कार्कीलाई सभापति घोषणा गरेपछि कार्कीले ४ वर्षको अवधिमा वडा वडामा संगठन विस्तारको कामलाई पुणर्ता दिदै १ हजार भन्दा बढी तरुण युवाहरुलाई संगठनमा जोडे ।
तर ४ वर्ष पछि जिम्मेवारीमा फर्किएको घोषणा गरेका सिटौलाले कार्कीले संगठनलाई कमजोर बनाएको आरोप लगाएका छन् ।
सिटौलाको आरोपलाई खण्डन गर्दै कार्कीले भने-आरोप लगाउनु उहाको बुद्धिमताको कुरा हो,यसलाई मनन गर्ने नेतृत्वले हो मैले ४ वर्षमा अवधिमा १ सय भन्दा कम संख्यामा रहेको तरुणलाई विस्तार गर्दै आज ९ वटै वडामा गरी १ हजार भन्दा बढीलाई समावेश गराए ।
सामाजिक क्षेत्रमा अहोरात्र खटिदै विपन्न विरामीहरुको उपचार र उद्धार, कोरोना संक्रमणको पहिलो र दास्रो लहरमा राहत वितरण, स्वास्थ्य सामाग्रि वितरण, रक्तदान जस्ता गतिविधिमा स्वयम उपस्थित भई तरुण युवाहरुलाई चलायमान बनाउदै देशमा भएका प्रतिगामी कदम विरुद्ध तरुण युवा परिचालन गरी खवरदारी गर्ने कार्यमा लागि परे अब यस्लाई संगठन कमजोर भयो भन्ने की चलायमान भयो भन्ने त्यो तरुण युवा र पार्टीले मुल्याङकन गर्ने कुरा हो उहाले आरोप लगाएर मात्रै हुन्न् ।

सम्बन्धित खवर