बिपी अध्ययन प्रतिष्ठान उर्लाबारीको पदस्थापना २१ सदस्यीय समिति गठन

बिपी अध्ययन प्रतिष्ठान उर्लाबारीको पदस्थापना २१ सदस्यीय समिति गठन

मोरङ । मोरङको उर्लाबारी नगरपालिकामा नेपाली कांग्रेसको शुभेच्छुक संगठन बिपी अध्ययन प्रतिष्ठान नेपालले पुणर्ता पाएको छ ।
बिपी स्मृति दिवसको पूर्वसन्ध्यामा मंगलबार उर्लाबारीमा आयोजित पदाधिकारी पदस्थापना तथा शुभकामना आदनप्रदान कार्यक्रम मार्फत नगर पदाधिकारीहरुको समितिले पूणर्ता पाएको हो ।


प्रतिष्ठानको नगर अध्यक्षमा दिपक भट्टराई सचिवमा सुजित सिह, सहसचिवमा जितेन लिम्बु र रोयल राई, कोषाध्यक्षमा रुजा गौतम तथा सदस्यहरुमा बिवेक कार्की, टंकप्रसाद अधिकारी, गिता अधिकारी, सुरेन्द्र शर्मा, बसन्त भूजेल, वसिम खान, प्रताप तामाङ, अनिल कार्की, पुकार बोहोरा, उमेश सुन्दास, निरज लुईटेल र भक्त दर्नाल गरी २१ सदस्यि समितिले पुणर्ता पाएको हो ।
पूणर्ता पाएको २१ सदस्यीय समितिलाई कार्यक्रमका प्रमुख अथिति नेपाली काग्रेस मोरङ क्षेत्र १ का सभापति तथा उर्लाबारीका मेयर फागोले मनोनयन पत्र प्रदान गरी पदस्थापना गराएका थिए ।


कार्यक्रममा प्रमुख अतिथी फागोले नेपाली कांग्रेसको आसन्न अधिबेशनमा युवा र वौद्धिक वर्ग नेतृत्वको लागि अघि बड्नु पर्ने बताउँदै बर्षौदेखि उत्पीडनमा पारिएका दुर्गाप्रसाद खतिवडा, बेचु बस्नेत जस्ता दर्जनौ निष्ठान कार्यकर्तालाई क्षेत्रिय प्रतिनिधीमा ल्याउन सवै कार्यकर्ता लाग्नु पर्ने बताउनुभएको छ । सोही अवसरमा नगरका वडाध्यक्ष चिन्तामणी पौडेल, गंन्जबहादुर कार्की, बिद्यार्थी नेता जनक खड्का, नेपाल तरुण दलका नगर सभापति रोहित कार्की सहितका आधा दर्जन वढी वक्ताले मनोनय भएकाहरुलाई शुभकामना दिदै उदेश्य अनुरुप कार्य गर्न सुझाउनु भयो ।

सम्बन्धित खवर