काठमाडौँ / नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले आफुहरुले विश्वासको पक्षमा मतदान गर्ने बताएकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज लिन लागेको विश्वासको मतको पक्षमा मतदान गर्ने उनले बताएकी हुन् ।
आफैले समर्थन गरेको प्रधानमन्त्रीलाई विश्वासको मत दिनु आफुहरुको कर्तब्य भएको भन्दै सके सबैले नसके पनि आफुहरु २३ जनाको समुहले विश्वासको पक्षमा मतदान गर्न आग्रह गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले सो कुराको जानकारी दिएक िछिन् । उनले आफ्नो फेसबुक पेजमा लेखेकी छिन् ‘१४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरु सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका थियौँ । अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनुृ हाम्रो कर्तव्य हो ’