उर्लाबारीमा पत्रकार सम्मानित

उर्लाबारीमा पत्रकार सम्मानित

उर्लाबारी, उर्लाबारी नगरपालिकाको सातौं नगर सभाबाट दुईजना पत्रकारलाई सम्मान गरिएको छ । उर्लाबारीको बिकास र समृद्धिलाई देश तथा बिदेशमा समाचार सम्प्रेषणको माध्यमबाट चिनाउन अहोरात्र लागि परेको भन्दै दुईजना पत्रकार सम्मानित भएका हुन् ।

बुधबार आयोजित एक कार्यक्रमका बिच “बिकास पत्रकारिता पुरस्कार २०७८” बाट नेपाली पोर्टलका प्रधान सम्पादक नवराज भट्टराई र “क्रियाशिल पत्रकारिता पुरस्कार २०७८” बाट हिमशिखर टेलिभिजनका उर्लाबारी समाचारदाता ज्योति शर्मा सम्मानित भएका हुन् । उर्लाबारीले हरेक वर्ष २ जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

सम्बन्धित खवर