खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु

राजेन्द्र महतो, लहान

सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ । जिल्लाको बरियारपट्टी गाउँ पालिका ३ राजदेव ठाकुरकी ८ वर्षीय छोरी नितु कुमारी शर्माको जमेको पानीमा डुबेर मृत्यु भएको हो ।

हराएको हाँस खोजी गर्न गएको बेला केहि समयसम्म घर नआएपछी स्थानीय र मृतकको आमाले खोजि गर्दै जादा नजिकै खाल्डोमा डुबेको अबस्थामा भेटाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। बालिकालाई उपचारको लागि स्वास्थ्य चौकी बरियारपट्टी लाग्दा डाक्टरले मृत्यु भइसकेको घोषण गरेका थिए ।

शव पोष्टमार्टमका लागि लहानस्थित रा.उ स्मारक अस्पतालमा पठाइएको छ। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले बताएका छ्न् ।

सम्बन्धित खवर