इनारमा एक नवजात शिशुको शव फेला

इनारमा एक नवजात शिशुको शव फेला

राजेन्द्र महतो, लहान

सिरहामा इनारमा फालेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्लाको धनगढीमाई नगरपालिका ७ कसहा चोकदेखि करिब १५० मिटर दक्षिणमा स्थानीय भोगेन्द्र महतोको इनारमा एक नवजात शिशुको शव फेला परेको हो ।

इनारमा गन्हाएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि शिशुलाई इनारबाट निकालिएको छ। बच्चा जन्मे लगत्तै इनारमा फालेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । शव पोस्टमार्टमको लागि लहान स्थित रा.उ. स्मारक अस्पतालमा पठाइएको छ। घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाइएको छ।

सम्बन्धित खवर