विराटनगर बसपार्कमा चिया पसल चलाइरहेकी महिला मृत भेटिइन्

विराटनगर बसपार्कमा चिया पसल चलाइरहेकी महिला मृत भेटिइन्

विराटनगर, विराटनगर महानगरपालिका ११ बसपार्क स्थित चिया पसल सञ्चालन गरिरहेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । घटना स्थलमा अहिले मोरङ प्रहरी र वडा प्रहरी कार्यालय विराटनगर ‘क’ को टोली पुगेको छ ।

घटनाको थप विषय आउन बाँकी रहेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । ‘घटना स्थलमा प्रहरी टोली पुगेको छ,’ उनले भने, ‘थप विषय खुल्न बाँकी छ ।’

सम्बन्धित खवर