रंगेलीमा नवजात शिशु हत्या, आरोपमा आमाबुवासहित चारजना पक्राउ

रंगेलीमा नवजात शिशु हत्या, आरोपमा आमाबुवासहित चारजना पक्राउ

विराटनगर : मोरङको रंगेली-५ आपगाछीमा नवजात शिशु हत्या घटनामा संलग्न एकै परिवारका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

नवजात शिशु हत्या आरोपमा मृतकका बुवा २८ वर्षीय अरुण मण्डल, उनकी श्रीमती २५ वर्षीया खुश्वु मण्डल, हजुर आमा ४८ वर्षीय उर्मीला मण्डल, ५० वर्षीय हजुर बुवा नागेश्वर मण्डललाई सोमबार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए।

असार २७ गते साँझ साढे ८ बजेतिर २५ वर्षीया खुश्वु मण्डलले छोरी जन्माएकी थिइन्। उनले शिशुलाई जन्माए लगत्तै ब्लाङ्केटले थिचेर हत्या गरी रंगेली-५ चाँदनी चोकमा आमा-बुवाले सञ्चालन गर्दै आएको मदिरा पसल भित्र गाड्न खोजेको पाइएको प्रहरीले जनाएको छ।

शिशु हत्या घटनाका आरोपितविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए।

सम्बन्धित खवर