पथरी शनिश्चरेमा क्रियाशिलता विषयमा क्षेत्रिय र नगर सभापति विच विवाद

पथरी शनिश्चरेमा क्रियाशिलता विषयमा क्षेत्रिय र नगर सभापति विच विवाद

पथरी । नेपाली काग्रेसको १४ औ अधिवेशनले यति बेला स्थानिय देखी केन्द्र स्तर सम्म चुनावी सगर्मी बढाएको छ ।
अभिवेशनको रापताप सगै चुनावी सगर्मीले काग्रेसमा आसन्न अभिवेशनबाट भावि नेतृत्वको चयन गर्ने र नेतृत्वको लागि उम्मेद्वारी दिने होडबाजी र प्रतिस्पर्धाले यतिबेला काग्रेसलाई छपक्कै छोपेको छ ।
यसै विचमा राष्ट्रियता, लोकलन्त्र र समाजवादका पक्षधर युवाहरुलाई काग्रेसमा क्रियाशिल रुपमा समावेश गराउने र नेपाली काग्रेसको क्रियाशिल सदस्यको विस्तार गर्ने शिलशिलाले कही विवाद त कही उल्लास्ता थपेको छ भने कतै नेतृत्वहरु विच नै तिक्तता पनि पैदा गरेको छ ।
क्रियाशिल सदस्याता विस्तार लाई पार्टीले साविक सख्याको सतप्रतिशतलाई मान्यता दिने निणर्य गरे सगै स्थानिय स्तरमा क्रियाशिलता काटछाट हुने र सक्रिय सख्याको सतप्रतिसत भन्दा माथीको संख्याले मान्यता नपाउने भएपछि स्थानिय नेतृत्वमा विवाद उत्पन्न भएको हो ।
जसको पछिल्लो उदाहरण हो मोरङ क्षेत्र नम्वर ३ को नेपाली काग्रेस क्षेत्रिय सभापति र नगर सभापति विचको टसल ।
काग्रेसमा नया क्रियासिल सदस्याता विस्तारका लागि वडा, गाउ, नगर क्षेत्र र जिल्ला समितिले नाम सिफारिस गर्नु पर्ने व्यावस्था छ ।
तर क्षेत्र नम्वर ३ का सभापति गणेश खड्काले सो प्रावधानलाई कुल्चीएर मनोमानी ढंगले तल्लो तहका सवै प्रक्रियालाई उलग्घन गरी नविकरण र सदस्याता विस्तारमा हस्तक्षेप गरेको आरोप नगर समितीको छ ।
पथरी शनिश्चरे नगरपालिका बाट सिफारिस गरिएको सदस्यको सख्या भन्दा ३ सय १३ जना बढीको सिफारिस केन्द्रमा पुगेपछि समस्या उत्पन्न भएको नेपाली काग्रेस नगर समितिले जनाएको छ । जसका कारण नविकरण र नया सदस्यता विस्तारमा किचलो उत्पन्न भएको र सो किचलो सभापति खड्काका कारण सृजना भएको नेपाली काग्रेस नगर कमिटीले पत्रकार सम्मेलनको आयोजना गरि बताएको हो ।
नगर सभापति थापाले सोमबार पत्रकार सम्मेलन गरि क्षेत्रीय सभापति खड्काले फागुन २८ गते अन्तिम म्याद भएको भन्दै गैर कांग्रेसलाई समेत क्रियाशील सदस्यता दिदै हिडेपछि पथरी शनिश्चरेमा किचलो आएको बताए ।
थापा भन्छन्-क्षेत्रीय सभापतिले पठाएका सवै नाम नगर समितिले सिफारिस गरेर पठाएको छ तर, वडा र नगर समितिको कुनै पनि निणर्य विना क्रियाशील सदस्यको फारम भरेर काग्रेसको वेबसाइटमा उहाले प्रविष्ट गराउनु भयो जसमा ३ सय १२ जना बढिको नाम आएको छ जति जनाको नाम आए पनि नगर समितिलाई आपत्ति छैन तर अहिले विधान विपरीत खड्काले चालेका कदमका कारण आफै अपठ्यारोमा परेपछि तिमीहरुको नाम नगर सभापतिले खाईदियो भन्ने आरोप लगाउदै बस्नु भएको छ यो जायज कुरा हो ।
यस्तै थापाले आफ्नो गल्ती भए कारवाही भोग्न तयार रहेको बताउदैं पार्टीमा हालीमुहाली र हैकमवाद लाद्न खोजिएको प्रति मात्रै बिरोध गरेको बताए । नेपाली काग्रेसको १४ औ अभिवेसन आगामी साउन १२ गते देखी सुरु हुदै छ ।

सम्बन्धित खवर