देउवा ५ औँ पटक प्रधानमन्त्रीमा नियुक्त, साँझ ६ बजे सपथ

देउवा ५ औँ पटक प्रधानमन्त्रीमा नियुक्त, साँझ ६ बजे सपथ

शेर बहादुर देउवा ५ औँ पटक पूनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार  संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नेपाली कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि साँझ ६ बजेका लागि सपथ ग्रहण कार्यक्रम तय भएको छ ।

सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो । सोही अनुसार राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री नियुक्त भएपछि देउवाले तीनजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । कांग्रेस र सत्तासाझेदार दलहरु माओवादी र जसपाबाट १-१ जना मन्त्री नियुक्त गर्ने देउवाको तयारी रहेको छ ।

सम्बन्धित खवर