उर्लाबारी ।
मोरङको उर्लाबारी र मंगलबारेमा संसद पुनःस्थापनाको स्वागत गर्दै सोमबार साझ दिप प्रज्वलन गरि नेपाली काग्रेसले स्वागत गरेको छ ।
सर्वोच्च अदालतले सोमबार जारी गरेको फैसलाले नेपाली काग्रेस पार्टी सभापति शेरबहादुर देउवा लाई प्रधानमन्त्री र विगठीत प्रतिनिधी सभालाई पुनःस्थापना गर्नु भनि जारी गरेको परामादेश लाई स्वागत गर्दै दिप प्रज्वलन गरिएको बताइएको छ ।
कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नम्वर १ का सभापति खड्ग बहादुर फागोले सम्वधोन गर्दै अदालतको फैसलाले कानुनी राज्यको शाखलाई उचो पारेको बताउनु भयो ।
साथै उहाले आजको फैसलाले कानुनी मर्यादामा रहेर मात्र शाशन गर्नु पर्छ भन्ने सन्देश दिएको पनि बताउनु भयो ।
कानुनी राज्यमा तानाशाही प्रवृतिको अन्त्य हुने भएका कारण दम्भी, तानाशाही र अधिनायकवादको अन्त्य दुखद हुने भएका कारण त्यस तर्फ सवैले सजग भएर अगाडी बढनु पर्ने औल्याउनु भयो ।
यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै काग्रेसका अर्का युवा नेता तथा दिपप्रज्वलन कार्यक्रमका संयोजक भिम थापाले नेपाली काग्रेस जहिले पनि लोकतन्त्रको पक्षमा र कानुनी मुल्यमान्यताको पक्षमा रहेका कारण काग्रेस रहे सम्म नेपालमा तानाशाह नरहने बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका अन्य नेता तथा कार्यकर्ता र तरुणहरुको सहभागिता रहेको थियो ।