अर्धनग्न अवस्थामा शव फेला, घरको चारै तलामा तलैपिच्छे चावी तर घर बाहिर शव ?

अर्धनग्न अवस्थामा शव फेला, घरको चारै तलामा तलैपिच्छे चावी तर घर बाहिर शव ?

झापाको बिर्तामोडमा आज बिहान आफ्नै डेरा अगाडि अर्धनग्न अवस्थामा शव फेला परेकी युवतीको घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान थाल्ने तयारी गरेको छ ।

युवतीको रहस्यमय मृत्यू भएका कारण कुकुरबाट घटनाबारे थप अनुसन्धानका लागि झापा प्रहरीले कुकुर मगाएको छ । कुकुरसँगै चिकित्सकले घटनास्थलको अध्ययन गर्नेछन् । बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तर बिर्तामोड–५ मा आफन्तसँग डेरा बस्दै आएकी २५ वर्षीया सृजना बस्नेतको शव अर्धनग्न अवस्थामा फेला परेको हो ।

परिवारका अनुसार उनी राती आफ्नो कोठामा सुतेकी थिइन् । चार तले घरको माथिल्लो तलामा बस्ने ती युवतीको शरिरमा भित्रि कपडा मात्रै छ । पेन्टी घोँडामा देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । बस्नेत सुतेको कोठा बाहिरबाट चावी लगाइएको छ, युवती त्यै कोठको मुनी फेला परेकी छन् ।

सो घरको चारै तलामा तलैपिच्छे चावी लगाइएको र सबैभन्दा मुनीको मुख्य गेटमा समेत भित्रैबाट चावी लगाएको बुझिएको छ । सहकारीमा संकलकको रुपमा कार्यरत बस्नेतको शव हेर्दा रहस्यमय पाइएको छ । आफु सुत्ने कोठाबाट हाम्फलिन भन्दा उनको शरिरमा कसरी चोट लाग्यो ? अर्धनग्न कसरी भइन् ? फेरि सबैतिरबाट चावी लगाउँदा घरमा को–कसरी प्रवेश गर्यो ?

सम्बन्धित खवर