बिर्तामोडमा २५ वर्षीय महिलाको शव फेला, स्थानीयको प्रदर्शन जारी

बिर्तामोडमा २५ वर्षीय महिलाको शव फेला, स्थानीयको प्रदर्शन जारी

विर्तामोड नगरपालिका ५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव आज बिहान फेला परेको छ । पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोलपम्प उत्तरमा भाडामा बस्ने घर अगाडि उनको शव फेला परेको हो ।

अर्जुनधारा घर भएकी उनी पछिल्लो समय विर्तामोडस्थित आफन्तको घरमा भाडामा बस्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो । आमा, दाजुभाउजूसहितको परिवारसँग बस्दै आएकी उनी विर्तामोडमै रहेको सिर्जनशील सहकारी संस्थामा काम गर्दै आएकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।

बस्नेतको शब अर्धनग्न अवस्थामा भेटिएपछि यतिबेला सो क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीयहरुले सत्यतथ्य छानविन हुनपर्ने भन्दै बिहानै देखि प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित खवर