सिरहामा कटुवा पेस्तोल सहित एक जना पक्राउ

सिरहामा कटुवा पेस्तोल सहित एक जना पक्राउ

राजेन्द्र महतो, लहान

सिरहामा प्रहरीले कटुवा पेस्तोल र गोली सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको औरही नगरपालिका २ का सुजित कुमार यादव रहेका छ्न् ।

ईलाका प्रहरी कार्यलय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राइको कमान्डमा खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका ४ स्थित चेक जाँच गर्ने क्रममा यादवको साथबाट एक पेस्तोल र ३ राउण्ड गोली सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका यादबलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित खवर