प्रेमप्रसाद भट्टराई (के.डी)
पथरी / मोरङको पथरीशनिश्चरे वडा नं १० हुँदै बग्ने डाँस खोलामा रहेको शव दाह गृहमा विद्युत जडान गरिएको छ । सांसद विकासकोषबाट डाँस गंगासागरको मर्मतका लागि आएको १० लाख मध्ये मर्मतमा ७ लाख ८ हजार खर्च भइ बचेको २ लाख ९२ हजारबाट उक्त काम गरीएको उपभोक्ता समितिका अध्यक्ष प्रेम ढकालले बताए ।
सोही बजेटबाट उक्त स्थानमा पुग्न प्रयोग हुने बाटोमा सडक बक्ति समेत जडान गरिएको छ । उक्त रकमबाट ६ वटा विजुली पोल खरिद गरि अन्य पोलसहित १७ वटा सडकबत्ती जडान गरिएको छ । मुख्य सडकमा समेत सडक बत्ती नरहेको अवस्थामा १० नंबरको सो ठाउँबाट सडक बत्तीको सुरुवात गरेको र अब चाँडै १० नंबर वडाका सबै पोलहरुमा सडकबत्ति जडान गरिने वडाध्यक्ष सागर राईले बताए ।
केहि समयअघि एमाले नेता समेत रहेका वडा नं १० का टंक भण्डारीले आफ्ना दिवंगत पितृ र श्रीमतिको स्मृतिमा सोही शवदाहगृह परिसरमा विश्रामस्थल निर्माण गरिदिएका थिए ।