सिरहामा प्रहरी हिरासतबाट एक थुनुवा फरार

सिरहामा प्रहरी हिरासतबाट एक थुनुवा फरार

राजेन्द्र महतो, लहान

सिरहाको लहान स्थित प्रहरी हिरासतबाट एक थुनुवा फरार भएका छ्न् । ईलाका प्रहरी कार्यालय लहान (क) बाट लागु औषध मुद्दामा पक्राउ परेका एक थुनुवा फरार भएका हुन् ।

गत जेठ २० गते लागु औषध तस्करी गरेको मुद्दामा पक्राउ परेका सिरहा नवराजपुर गाउँपालिका १ का पशुपति यादब गए राती २ बजे हिरासतको ग्रिल काटी फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाइएको छ । फरार यादवको खोजी कार्य भइरहेको र घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रहरी प्रवक्ता सुवास बुढाथोकीले बताएका छन् ।

सम्बन्धित खवर