बेलबारीबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

बेलबारीबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

मोरङ, मोरङको बेलबारी नगरपालिका वडा नं‍ १, गाँईघाट टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ वर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् ।

हिजो बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा तालुक १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित ३ जनालाई लागूऔषध ब्राउन सुगर सेवन गरिरहेको अबस्थामा पक्राउ गरेको थियो ।

प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारी भित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

सम्बन्धित खवर