लडेर एक जना महिलाको मृत्यु

लडेर एक जना महिलाको मृत्यु

ओखलढुंगा, ओखलढुङगा खिजिदेम्बा गाँउपालिका ८ कास्पु की ४३ वर्षीया पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको छ ।
हिजो राती साढे ९ बजे छिमेकीको घरबाट फर्कने क्रममा बाटोबाट अन्दाजी १२ फिट तल झरी घाईते अबस्थामा स्थानियले फेला पारेका थिए । उनको स्थानियले बोकेर घर तर्फ ल्याउने क्रममा मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी रावादोलु र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट गएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर