उदयमान गायक सुरेश धिमालको ‘गाजलु आँखाको’ सार्वजनिक

उदयमान गायक सुरेश धिमालको ‘गाजलु आँखाको’ सार्वजनिक

उर्लाबारी । उर्लाबारी २ का उदयमान गायक सुरेश धिमालको दोस्रो गीत ‘गाजलु आँखाको’ सार्वजनिक भएको छ ।
मंगलबार उनको ‘गाजलु आँखाको’ बोलको गीतको म्युजिक भिडियो युट्यबमार्फत सार्वजनिक भएको हो ।
यसअघि उनको ‘रोजेर तिमिलाई’ म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । ‘गाजलु आँखाको” गीतको म्यूजिक भिडियोलाई ‘ट्युन एन्ड टोन इन्टरटेन्मेन्ट’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

पूर्वी क्षेत्रमा आफ्नो परिचय बनाइसकेका गायक धिमालको आवाज रहेको गितमा शब्द रचना उपेन्द्र अधिकारीको रहेको छ । शब्दहरूमा धुन भर्ने काम भने लेखराज ढकालले गरेका छन् । संगीत अशोक थापाको रहेको छ ।
मोरङ र झापाका विभिन्न स्थलहरुमा छायाङ्कन गरिएको गितको भिडियोमा भुवन खड्का र सीमा धिमालको अभिनय रहेको छ ।
भिडियोमा निर्देशन वियाल राईले गरेका छन् भने छायाङकन मुहासिह मगरको रहको छ ।

सम्बन्धित खवर