उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका मेयर खड्ग फागो विरुद्ध मोर्चावन्दी गरी योजना छनौट र कार्यान्वयनमा जटिलता थप्ने २ वडाध्यक्षलाई कार्वाही गर्न वडा सभापतिहरुले माग गरेका छन् ।
उर्लाबारी नगरपालिकाको सातौ नगरसभामा मेयर फागोले तय गरेका केही योजनाहरुलाई नगर उप-प्रमुख लक्ष्मीदेवी भण्डारीको संयोजकत्वमा गठन भएको योजना तर्जुमा समितिले काँटछाट गरी हटाएपछि योजना तर्जुमा समिती र मेयर फागो विच विवाद भएको थियो ।
मेयर फागोले उर्लाबारीको समृद्धि र विकासको निम्ती ल्याएका ३ वटा महत्वपूणर् योजनालाई तर्जुमा समितिले काटाछाट गरी सोको रकमलाई अन्य शिर्षकमा रकमान्तर गरे पछि कार्यपालिका बैठकमा सहमति जुट्न सकेको थिएन ।
मेयर फागोले उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी अभियानलाई सार्थकता दिन आथिक वर्ष २०७८/७९ वार्षीक वजेटमा छुट्याएको रकमलाई योजना तर्जुमा समितीले अवैज्ञानिक तरिकाले एकतर्फी रुपमा काँटछाट गरेको थियो ।
यस्तै सो समितीले मेयर फागोले अगाडी सारेका अन्य २ वटा महत्वपूणर् योजनाहरु आर्थिक विपन्नको घर-घरमा निशुल्क खानेपानीको वितरण र अनुदानमा धारा जडान कार्यक्रम लगाएत बक्राघाट निर्माणको योजनाका लाई छुट्याएको योजनाको रकमलाई अवैज्ञानिक तवरले काटछाट गरी कार्यान्वयन गराउन सकस हुने गरी एकलौटी रुपमा पेस गरेपछि समस्या उत्पन्न भएको थियो ।
योजना तर्जुमा समिति र सो समितीकी संयोजक उप-प्रमुख लक्ष्मीदेवी भण्डारी र अन्य वडाध्यक्षको उक्साहटमा लागेर नेपाली काग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष नै मेयर फागोको विरुद्धमा विज्ञप्ती सहित खुलमखुल्ला मोर्चावन्दीमा लागेर समृद्ध नगर सुखी नगरवासी अभियानको बाधक बन्न खोजेपछि उनिहरुलाई कार्वाहीको माग गरिएको जनाइएको छ ।
नेपाली काग्रेस बाट निर्वाचित मेयर फागोको जनमुखी र उत्पादनमुखी योजनालाई नेपाली काग्रेस बाटै वडाध्यक्ष भएका वडा नम्वर ७ का वडाध्यक्ष वीरवल थापा र वडा नम्वर वडा नम्वर ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीले अर्को पार्टीका जनप्रतिनिधी सग मिलेर निति र नियम विपरीत काम गरेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।
थापा र पराजुलीको ब्यबहारलाई वडा सभापतीहरुले जारी गरको विज्ञप्तीमा भनिएको छ- नेपाली काग्रेसका नगरसभापती तथा वडा नम्बर ७ का वडाध्यक्ष थापा र वडा नम्बर ५ का अध्यक्ष पराजुलीले उपमेयर तथा अन्य पार्टीका वडाध्यक्षहरुको उक्साहटमा लागेर पार्टीको निति, नियम र अनुसार विपरीत अर्को पार्टीका जनप्रतिनिधी सग मिलेर नगर प्रमुख फागो माथी नै खनिनु घोर अपमानजनक ब्याबहार भएको ठहर गर्दै थापा र पराजुलीलाई पार्टीको निति, नियम र अनुशासन अनुसार कार्वाही गर्न ८ जना वडा सभापतिहरुले माथिल्लो तहसग माग गरेका छन् ।
जारी विज्ञप्तीमा वडा १ सभापती कमल तामाङ, वडा २ सभापति रुद्र बराल, वडा ३ सभापति गञ्जबहादुर कार्की, वडा ४ सभापति प्रकाश श्रेष्ठ, वडा ५ सभापति सुरेन्द्र लिम्वु, वडा ६ सभापति महेन्द्र श्रेष्ठ, वडा ८ सभापति खड्गबहादुर धिमाल, र वडा ९ सभापति प्रकाश कन्दङ्वाको हस्ताक्ष रहेको छ भने वडा ७ का सभापति टंक काफ्लेको भने हस्ताक्षर छैन ।
मेयर फागोको योजनाले उर्लाबारीमा सार्थकता पाउने हो भने आर्थिक रुपमा विपन्न रहेको उर्लाबारीको ७ प्रतिशत जनसख्याले निशुल्क खानेपानी पाउने पालिकाको बजार क्षेत्रमात्र नभएर उज्यालो उर्लाबारी अभियान अन्र्तगत उत्तरमा मिक्लाजुङ र दक्षिणमा रतुवामाईको सिमाना र उर्लाबारीको पर्यटकीय क्षेत्र बेतेनी सिमसारको मार्ग र अन्य मुख्य शाखा सडकहरुमा सडक बत्तिको सहज पहुच पुग्ने देखीन्छ ।
त्यस्तै बढ्दो जनसख्या सगै मृत्यु सस्कारको एक मात्र मानवघाटको रुपमा प्रयोग हुदै आएको बक्रा खोला किनारमा व्यावस्थीत घाट नहुदा वषौँ देखी उर्लाबारी बासीले खेप्दै आएको घाटको समस्या र सो स्थानबाट उत्पन्न प्रदुषणलाई न्युनिकरण गर्ने दिर्घकालिन र महत्वकाक्षी योजना रहेको पाइन्छ ।
तर मेयर फागोको सो सपनालाई टुटाउन र उर्लाबारीलाई यथास्थीतीमै राख्ने अन्य जनप्रतिनिधीको सोचलाई बढावा दिदै थापा र पराजुलीले आफ्नै पार्टी बाट निर्वाचित मेयर फागोको विकासको गतिलाई अवरोध गर्न खोजे पछि सभापतिहरुले उनिहरुलाई प्रेस विज्ञप्ती मार्फत पार्टीको ध्यानाकर्षण गराउदै माथिल्लो तहमा कार्वाहिका लागि माग गरेका छन् ।
