कोरोना रोकथाम र नियन्त्रणमा प्रदेश १ सरकारको प्रयास

कोरोना रोकथाम र नियन्त्रणमा प्रदेश १ सरकारको प्रयास

कुमार खड्का
पथरी । प्रदेश १ सरकाले आर्थिक वर्ष २०७८/७९ को निति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्र अन्र्तगत कोरोना संक्रमण नियन्त्रणलाई लिएको छ
अघिल्लो वर्षझैं यसपटक पनि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ विगतका नीति तथा कार्यक्रमलाई निरन्तरता दिँदै थप केही नयाँ कार्यक्रमहरु समेत प्रदेश सरकारले ल्याएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिवद्धता भन्ने मूल नारासहित प्रदेश मातहतका सबै अस्पतालको गुरुयोजना तयार पारिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारको तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी आर्थिक वर्ष २०७८/७९ को निति तथा कार्यक्रम सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्र सग सम्वधित कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
जसमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम र उपचारका लागि प्रदेश सरकारले प्रदेश एका विभिन्न ठुला अस्पतालमा अक्सिजन प्लान्ट, सघन उपचार कक्ष, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी र आवश्यक औजार तथा यन्त्र उपकरणसहित मेची अस्पताललाई २ सय, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय-सय तथा अन्य जिल्ला अस्पताललाई न्युनतम ५० शैयामा स्तरोन्नति गरिने नीति कार्यक्रममा ल्याएको छ ।
यस्तै गरिब तथा विपन्न वर्गको उपचारका लागि प्रदेशमा उपचार कोषको उपचार स्थापना गरिने पनि निति तथा कार्यक्रममा समावेश गरीएको छ ।
यस्तै प्रदेशद्वार सञ्चालित कोशी अस्पताल अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रलाई कोभिडको पूणर् रोकथाम र नियन्त्रणपश्चात प्रादेशिक प्रसुति तथा स्त्री रोग अस्पतालका रूपमा रूपान्तरण गरिने प्रदेश सरकारको योजना छ ।
कोरोनाले स्वरूप परिवर्तन गरिरहेको र नयाँ जोखिम उत्पन्न भएको परिस्थितिमा विपत् प्रतिकार्यको लागि प्रदेशको सबै अङ्ग र कार्यमा आवश्यक तत्परता समावेश हुने गरी योजनाको निर्माण गरेको प्रदेश सरकारले जनाएको छ ।
‘गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्वता’ भन्ने मुल भन्ने मुल नारा सहित प्रदेश मातहतका सबै अस्पतालहरुको गुरुयोजना तयार गरी अक्सिजन प्लान्ट, सघनउपचार कक्ष निर्माण, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आवश्यक औजार तथा यन्त्र उपकरणर भौतिक पूर्वाधार सहितको व्यवस्था गरिने भएको छ ।
प्रदेश सरकारद्वारा निर्मित एवम् संचालित कोशी कोभिड अस्पताललाई कोभिडको पुणर् रोकथाम र नियण्त्रण पश्चात प्रादेशिक प्रसुति तथा स्त्रीरोग अस्पतालमा रुपान्तरण गरिने भएको छ ।
स्थानीय तहसँगको सहकार्यमा कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार गर्ने सिलसिलामा निर्माण गरिएका संरचनाको संरक्षण र नियमित सम्भारको प्रबन्ध गरिने उल्लेख गरिएको छ ।
प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रको प्रयास स्वरुप खोपको २ प्रकारका खोपको उपलव्धता गराएको छ जसमा कोभिसिल्ड ३ लाख ६६ हजार ९८० डोज र भेरोसेल १ लाख ४५ हजार डोज रहेको छ । जसमा कोभिसिल्डको पहिलो डोज ३ लाख बढीले र दोश्रो डोज ५२ हजार बढीले लगाएका छन् । भने भेरोसेल खोप करिव ७० हजार बढिले लागाएको सामाजिक विकाश मन्त्रालयले जनाएको छ ।
५० लाख भन्दा बढि जनसख्या रहेको प्रेदश १ मा भने उपलव्ध खोपको मात्रा पर्याप्त हैन । नागरिकलाई खोपको मात्रा उपलव्ध गराउनका लागि प्रदेश सरकार आफैले खोपको खरिद गर्ने निति नभएका कारण केन्द्र सरकार सग आवश्यक समन्वय भै रहेको र संघिय सरकारले खोप उपलव्ध गराउन साथ खोप लागउने कार्य अगाडी बढाइने प्रदेश १ सामाजिक विकाश मन्त्रि उषकाला राईको भनाई छ ।
यस्तै हाल सम्म प्रदेश नम्वर १ मा कोरोना संक्रमणका कारण विरामी हुने हरुको सख्या ६९ हजार २ सय २४ पुगेको छ भने जसमा महिला २७ हजार ७ सय ६७ र पुरुष ४१ हजार ४ सय ५७ रहेको छ । मृत्यु हुनेमा हाल सम्म १ हजार १ सय ३० पुगेको छ जसमा महिला ३ सय ३५ र पुरुष ७ सय ९५ छन
यस्तै हाल सम्म कोरोना संक्रमणको उपचार पश्चात ५७ हजार ८ सय ५८ जना निको भएर घर फर्किएका छन् भने प्रदेश भर हाल सम्म १० हजार २ सय ३६ जना आइसोलेसनमा रहेर उपचाररत रहेको प्रदेश १ सरकारको सामाजिक विकाश मन्त्रालयको तथ्याङकमा उल्लेख छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी तथा निजी गरी ३० वटा साना ठुला अस्पतालमा कोभिड उपचार केन्द्रको स्थापना गरी संक्रमितहरको उपचार गर्दै आएको छ जसमा संक्रमितको आक्समिकतालाई हेरी उपचारको विधि अपनाउने उदेश्यले विभिन्न अस्पतालमा एच डि यु ५ सय ९८, भेन्टिलेटर १ सय ५७, आईसियु २ सय ९७, आइसोलेसन वेड २ सय ६४ र जेनेरल वेड ५ सय १ गरी कुल १ हजार ६ सय ६७ वेड क्षमताको विस्तार गरेर उपचार गर्दै आएको छ ।
कोरोना संक्रमणको जोखीमको अन्त्य कहिले होला निश्चित छैन तर संक्रमणको दरलाई न्युनिकरण गर्न प्रदेश सरकारले जोखीमको आङकलन गरी शहर केन्द्रित निषेधाज्ञालाई अझै पनि कायमै राखेको छ । तर शहर केन्द्रित संक्रमण रोकथाम व्यावस्थापन र नितिले मात्रै संक्रमणको जोखीमलाई न्युनिकरण गर्ने देखिएको छैन ।
शहरमा लकडाउन र निषेधाज्ञाको नियम लागु हुने वितिकै रोजगारीको शिलशिलामा शहर गएका गाउलेहरु गाउनै फर्किए सगै उनिहरुसगै कोरोना पनि गाउ प्रवेश गरेको पाइन्छ ।
तसर्थ कोरोना संक्रमणको दरलाई परास्त गर्न प्रदेश सरकारले गाउ केन्द्रित कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर निति निर्माण आवश्यक कानुन निर्माण गरी अगाडी बढ्न सके कोरोना संक्रमणको दरलाई न्युनिकरण गर्न सकिने थियो की

सम्बन्धित खवर