फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल लिटरको १२७ रुपैयाँ

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल लिटरको १२७ रुपैयाँ

काठमाडौं:  पछिल्लो चरणमा पटक पटक बढ्दै आएको इन्धनको मूल्य पुनः बढाइएको छ । बुधबार राति १२ बजेपछि लागू हुने नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले दिएको जानकारीअनुसार अनुसार पेट्रोल, जिडेल, मट्टीतेल तथा हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ बढेको छ । पेट्रोल, जिडेल, मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ । पछिल्लो मूल्यबृद्धिसँगै अब पेट्रोल प्रतिलिटर १२७ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ११० रुपैयाँ भएको छ।

निगमले जनाएअनुसार पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार निगमलाई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीका आधारमा मूल्य बढेको हो । निषेधाज्ञाको समयमा भएको बिक्री परिणामको हिसाब गर्दा मूल्य बढेको अवस्थामासमेत निगमलाई १५ दिनमा ७७ करोड घाटा हुनेजनाइएको छ ।

दुई रुपैयाँ मूल्य बढेसँगै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ८२ र अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रतिकिलो लिटर कायम गर्ने निर्णय भएको नेपाल आयल निगमका प्रवक्ताविनितमणि उपाध्यायले बताउनुभयो ।

हाल कच्चा तेलको मूल्य उच्च रहेको उल्लेख गर्दै अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुने क्रम नरोकिने र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भइरहने हो भने निगमले आगामी दिनमा समेत पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनुपर्ने बाध्यता आउन सक्ने उहाँको भनाइ छ ।

सम्बन्धित खवर