रंगेलीमा चट्याङ लागेर एकको मृत्यु ३ जना घाइते

रंगेलीमा चट्याङ लागेर एकको मृत्यु ३ जना घाइते

मोरङको रंगेलीमा आज दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

रंगेली नगरपालिका वार्ड नं. ६ बस्ने वर्ष २२ का नितेश रायको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले चट्याङबाट रंगेली वार्ड नं ६ का अशोक मण्डल, विजय मण्डल र संगिता यादव गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए । घाइतेहरुको रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाकारी दिएको छ ।

सम्बन्धित खवर