नेपाली कांग्रेसकोे समन्वयमा गोबिन्दप्रसाद अधिकारीद्धारा छथर अस्पताललाई ४ थान अक्सिजन सिलिन्डर प्रदान

नेपाली कांग्रेसकोे समन्वयमा गोबिन्दप्रसाद अधिकारीद्धारा छथर अस्पताललाई ४ थान अक्सिजन सिलिन्डर प्रदान

तेह्रथुम / तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा रहेको छथर अस्पताललाई ४ थान अक्सिजन सिलिन्डर प्रदान गरीएको छ ।

नेपाली कांग्रेस छथर गाउँ कार्यसमितीको समन्वयमा छथर गाउँपालिका ५ साविक ओख्र्र्रे १ तेह्रथुम हाल सुन्दरहरैचा नगरपालिका ९ बिराटचौक मोरङ निवासी गोबिन्द प्रसाद अधिकारीद्धारा सिलिन्डर सहयोग गर्नु भएको हो । अधिकारीले आफ्नो ४० औ जन्म दिनको अवसरमा अस्पताललाई सानो २ र ठुलो २ थान सिलिन्डर प्रदान गर्नु भएको छ ।

त्यस्तै ईन्द्रपुर स्वास्थ्यचौकी मोरङलाई २ थान अक्सिजन सिलिन्डर प्रदान गर्नु भएको छ । अधिकारीले हरेक आफ्नो जन्मदिनको अवसरमा १ लाख बराबरको सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ । अधिकारी बेल्ली रियल स्टेट प्राईभेट लिमिटेडका सञ्चालक तथा प्रबन्धक निर्देशक ,अधिकारी सुनचाँदी ज्वलर्सका प्रमुख,मनकामना अटो मोटरसाईका प्रमुख तथा नेपाली कांग्रेस तरुणदल बिराटचौकका कृयासिल सदस्यको पदमा रहँदै आउनु भएको छ ।

अधिकारीका बुवा भिमप्रसाद अधिकारी(भोला) पुर्ब प्रधानपञ्च तथा नेपाली कांग्रेसका दशौ महाधिबेसनका क्षेत्रिय प्रतिनिधी पुर्ब गाबिस अध्यक्षका प्रत्यासी, रहेका थिए । अधिकारी बिभीन्न व्यावसायमा कृयासिल रहँदै आउनु भएको छ । सहयोगका लागी स्थानीय समाजसेवी तथा नेपाल शिक्षक संघ छथर कार्यसमितीका उपाध्यक्ष केदाबहादुर कटुवालले महत्वपुर्ण भुमिका खेल्नु भएको थियो । छथर अस्पतालका अध्यक्ष तथा छथर गाउँपलिका अध्यक्ष सन्तोष तिगेलालाई नेपाली कांग्रेस छथर कार्यसमितीका सचिव डम्बर भट्टराई र जिल्ला सदस्य नारायण सुब्बाले हस्तान्तरण गर्नु भएको थियो । अध्यक्ष तिगेलाले सहयोगी अधिकारी तथा समन्वयकारी भुमिका खेल्ने छथर कांग्रेसलाई धन्याबाद ज्ञापन गर्नु भयो ।

कोभिड १९को दोश्रो भरियन्टको संक्रमण बढी रहेको बेला मानवसेवाका लागी प्रदान गरीएको अक्सिजन सिलिन्डरले यहाँका नागरिकहरुलाई सेवा दिन राहात मिलेको स्वास्थ्य शाखा छथरका प्रम्ख सन्जित रसाईलीले बताउनु भयो । कार्यक्रममा जनप्रतिनिधी,स्थानीय सरकोरवाला स्वास्थ्य कर्मी तथा नेपाली कांग्रेस छथरका नेतृत्वहरुको उपश्थीति रहेको थियो ।

सम्बन्धित खवर