किरण न्यौपाने, रंगेली
मोरङको रंगेलीमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ। टिपरको ठक्करबाट रतुवामाई नगरपालिका ६ सौठा बस्ने ४२ वर्षीय तिलकराज खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।
हुलाकी सडक खण्डको पूर्व देखि पश्चिम विराटनगर तर्फ जाँदै गरेको प्रदेश १-०२-०३४ प ८०११ नम्वरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना. ४ ख ३४९३ नम्बरको टिपरले रंगेली ७ बजारमा ठकर दिँदा खड्काको मृत्यु भएको प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए। प्रहरीले टिपर र चालक धनपालथान गाउँपालिका बस्ने ३९ वर्षिय विद्या सागर राय लाई नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमको लागि रंगेली अस्पतालमा राखिएको प्रहरीले जनकारी दिएको छ ।