दलित युवतीलाई कोठा भाडामा नदिएको आरोप लागेकी घरबेटी पक्राउ

दलित युवतीलाई कोठा भाडामा नदिएको आरोप लागेकी घरबेटी पक्राउ

दलित युवतीलाई कोठा भाडामा नदिएको आरोप लागेकी घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । २४ वर्षीया रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोप लागेकी बबरमहलकी सरस्वती प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।

सुरुमा कोठा दिने बताएकी सरस्वतीले जातको कुरा आएपछि भने कोठा नदिएको रुपाले बताउँदै आएकी छन् ।

रुपाले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीले जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएर सरस्वतीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार अहिले रुपामाथि सोधपुछ भइरहेको छ ।

सम्बन्धित खवर