केही खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा ७ देखि १० दिन निषेधाज्ञा थप्ने तयारी

केही खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा ७ देखि १० दिन निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरी पेशा, व्यावसाय चलाउन दिने विषयमा छलफल भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञा सात देखि दश दिनसम्म थप्ने विषयमा छलफल गरेका छन् ।

यसै गरि अवको थप निषेधाज्ञामा फेन्सी,भाडा लगायत भीडभाड् नहुँने व्यवसाय चलाउन दिने तयारी भएको जिल्ला प्रशासन कार्यालयका ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

यसै गरि निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउन दिने विषमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । सार्वजनिक सवारी साधन भने अवको थप निषेधाज्ञामा चल्न पाउने छैनन् । भोलि बस्ने वैठकले यस विषयमा निर्णय गर्ने समेत प्रजिअ निरौलाले बताउनुभयो । स्मार्ट लकडाउन भन्ने कुरा मिडियाबाट थाहा पाएको भन्दै उहाँले यो बारेमा आफूलाई जानकारी नभएको समेत उहाँले बताउनुभयो ।

किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहान समय तोकेर खोल्न यस अघि दिइएको छ । यसै गरि सवारी साधन मर्मतका लागि वर्कशपहरु स्वास्थ्यका मापदण्ड अपनाएर खोल्न दिइएको छ । निजी तथा सार्वजनिक निर्माणलाई पनि चलाउन दिइएको छ ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही असार ७ गते पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

सम्बन्धित खवर