पथरी शनिश्चरेको वडागत सिलिङ बजेट ८७ लाख ५० हजार, १० गते नगरसभा हुने

पथरी शनिश्चरेको वडागत सिलिङ बजेट ८७ लाख ५० हजार, १० गते नगरसभा हुने

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वडागत सिलिङ बजेट निर्धारण गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले वडागत सिलिङ बजेट निर्धारण गरेको हो । १० वटा वडा रहेको नगरका लागि प्रति वडा ८७ लाख ५० हजारका दरले वडागत सिलिङ बजेट निर्धारण गरिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । नगरसभा असार १० गते हुने पनि उहाँले उल्लेख गर्नुभयो । गत वर्षको वडागत सिलिङ बजेट ७५ लाख रहेको थियो ।

सम्बन्धित खवर