सुनवर्षीमा सेल्फी खिच्दा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनवर्षीमा सेल्फी खिच्दा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

विराटनगर : मोरङको सुनवर्षी नगरपालिका ८ कुरेली स्थितमा सोही स्थान का २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

आज बिहान सँवा ७ बजे भारतबाट नेपाल प्रबेश गरेको १ वटा जंगली हात्तीले आक्रमण गरेको थियो । मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाईते भएका थिए ।

घाईते मियाको बिहान सँवा ८ बजे न्युरो अस्पताल विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको छ । हात्ती अहिले रतुवामाई तर्फ गएको छ ।

सम्बन्धित खवर