अवैध औषधी ५,७९० चक्की सहित २ युवा पक्राउः पथरी प्रहरी

अवैध औषधी ५,७९० चक्की सहित २ युवा पक्राउः पथरी प्रहरी

पथरी ।
मोरङको इलाका प्रहरी कार्यालय पथरीले अवैध औषधी ट्रामाडोल र सेप्सपाइन ओसारपसार गर्ने गिरोहका २ जनालाई नियन्त्रणमा लिएको छ ।
पूर्वपश्चिम राजमार्गको कानेपोखरी सडक खण्डमा रातको समयमा चेकजाचका क्रममा प्रहरीले अवैध औषधी ओसारपसारमा समलग्न रहेका २ युवालाई जेठ २ गते राति १०ः३० वजेको समयमा नियन्त्रणमा लिएको हो ।
झापाको दमक बाट रातको समयमा धरान तर्फ जादै गरेको पल्सर मोटरसाइलमा सवार २ युवाको साथ बाट टा्रमाडोल २ हजार ९ सय चक्की र सेप्सपाइन २ हजार ८ सय ९० चक्की बराबद गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी उपरिक्षक कृष्ण खड्काले बताए ।
पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका वडा नम्वर ७ वस्ने वर्ष २३ का सन्देश ठकुरी र सोही वडा वस्ने वर्ष १९ का कुशल राई रहेका छन् ।


अवैध औषधीको ओसारपसारमा समलग्नहरुको साथ बाट प्रहरीले एक थान मोटसाइकल र २ थान मोबाईल सेट पनि बराबद गरेको छ ।
रातको समयमा कानेपोखरी ७ स्थित कानेपोखरी जंगलक्षेत्रमा चेकजाचमा सक्रिय रहेको प्रहरीलाई देखेपछि उनिहरु झोला फालेर भाग्न खोज्दा प्रहरीले उनिहरुमाथी खानतलासी गरी सो बराबरको अवैध औषधी फेला परेको उपरिक्षक खड्काले बताए ।
पक्राउ परेका दुवै युवालाई आवश्यक कार्वाहिका लागि म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । अवैध औषधीको छानविनका लागि औषधि व्यावस्था विभाग विराटनगरमा बुझाएको प्रहरीले जनाएको छ ।
अवैध रुपमा ओसारपसार गर्ने औषधीको विभिन्न मात्र मिलाएर लागुपदार्थको लतमा फसेका युवाहरुले नशाको रुपमा प्रयोग गर्ने गरेको औषधी व्यावसाय सग सम्वध राख्ने सो क्षेत्रका जानकारहरु बताउछन् ।

सम्बन्धित खवर