भक्तपुरमा भयानक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुरमा भयानक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुधबार राति करिब ११ बजेतिर काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा७७प ५६०५ नम्बरको मोटरसाइकल मध्यपुर थिमि नगरपालिका ४ चारदोबाटोमा दुर्घटना हुँदा चालक सोलुखुम्बु चौलाखर्कका २७ वर्षीय रमेशकुमार बस्नेतको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा बिहीबार बिहान साढे २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकका उदयपुर ताप्लेका २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुलीको तीनपाटनका २५ वर्षीय अमित जैरु घाइते भएका छन् । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ ।

सम्बन्धित खवर