८२ लाख रूपैयाँ बराबरको भन्सार छलीका सामानसहित कपिलवस्तुबाट दुई जना पक्राउ

८२ लाख रूपैयाँ बराबरको भन्सार छलीका सामानसहित कपिलवस्तुबाट दुई जना पक्राउ

कपिलवस्तु : ८२ लाख रूपैयाँ बराबरको भन्सार छलीका सामानसहित सशस्त्र प्रहरीको टोलीले कपिलवस्तुबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको वरीयातपुर कुशिनगर बस्ने वर्ष ३४ को सन्जय कुमार कुशवाह र वर्ष २४ को अंगद कुमार कुशवाह रहेका छन् ।

कपिलवस्तुको कृष्णनगर नाकाबाट भन्सार नगरी ८२ लाख बराबरको छड बनाउने कच्चा पदार्थ बोकेको गाडी नेपाल भित्रिएपछि उनिहरुलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल २८ नम्बर हेड क्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुव्रबहादुर कार्कीका अनुसार विशेष सूचनाका आधारमा विओपी कृष्णनगरले कृष्णनगर नगरपालिका–२ मा रहेको चेक पोइन्टमा पक्राउ गरिएको हो ।

बरामद सामानबारे भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर