मेलम्ची बाढी पीडितका लागि राहत वितरणमा लाग्यो अनेरास्ववियु (तस्बीर)

मेलम्ची बाढी पीडितका लागि राहत वितरणमा लाग्यो अनेरास्ववियु (तस्बीर)

काठमाडाैं असार ३ : एमालेकाे भ्रातृ संगठन अनेरास्ववियुले सिन्धुपाल्चाेककाे मेलम्चीका बाढी पीडितलाई सहयाेग गरेकाे छ ।

बाढी प्रभावित क्षेत्र मेलम्ची पुगेर अनेरास्ववियुले १० बढीकाे बढीको खाद्यान्न, त्रिपाल र औषधि सहयाेग गरेकाे हाे । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष ऐन महर, नेता समिक बढाल, चन्द्र थिंग लगायतको टाेलीले मेलम्ची पुगेर राहत वितरण गरेकाे हाे ।

बुधबार दिउँसाे मेलम्ची पुगेर करिब २ लाख बराबरको आपतकालीन औषधि, २ सय बाेरा चामल, २ सय प्याकेट तेल, ५० थान त्रिपाल र २५ थान टेन्ट गरी १० लाख बराबरकाे राहत सामग्री वितरण गरिएकाे अनेरास्ववियुले जनाएकाे छ । अनेरास्ववियुले स्वास्थ्यकर्मीकाे टाेली लगेर सामान्य स्वास्थ्य परीक्षण पनि गरेकाे थियाे ।

मेलम्ची नदीमा आएकाे बाढीले साे क्षेत्र तहस नहस बनाएकाे छ ।

हेर्नुस् तस्विर:

सम्बन्धित खवर