डिभिजन वन कार्यालय मिर्चैयाद्वारा १ लाख ५० हजार विरूवा उत्पादन

डिभिजन वन कार्यालय मिर्चैयाद्वारा १ लाख ५० हजार विरूवा उत्पादन
  • राजेन्द्र महतो

लहान : सिरहाको मिर्चैया नगरपालिकामा रहेको सब डिभिजन वन कार्यालयले विभिन्न जातका १ लाख ५० हजार विरुवा उत्पादन गरेको छ ।

वन कार्यालयले निशुल्क विरुवा वितरणका लागि प्रदेश सरकारको कार्यक्रम अन्तर्गत १ लाख ५० हजार विरूवा उत्पादन कार्य गरेको हो ।

डिभिजन वन कार्यालय मिर्चैयाले उत्पादन गरेको विरुवा     तस्बीर : राजेज्द्र महतो/प्रदेशदैनिक

कार्यालयले महगनी, शिरीष ,लिपटिस, मसला, गम्हाइर, इपिलिपी, बकाईनो, खयर जस्ता जातका विरुवा उत्पादन गरेको सव डिभिजन वन कार्यालय मिर्चैयाका प्रमुख इन्द्रदेव यादवले जनाकारी दिए ।

जिल्लाका पालिकालाई हरियाली र सुन्दर बनाउने उद्धेश्यले निशुल्क विरूवा वितरण गर्नका लागि विरुवा उत्पादन गरेको पनि यादवले बताए ।

उत्पादन गरिएको विरुवा डिभिजन वन कार्यालय लहान र प्रदेश सरकारले जाँच गरी पास गरेपछी नगरपालिका तथा गाउँ पालिकाका स्थानीय बासीलाई निशुल्क उपलब्ध गराइने प्रमुख यादवले बताए ।

सम्बन्धित खवर