सुनकोशी नदीको किनारमा बेवारिसे शव फेला

सुनकोशी नदीको किनारमा बेवारिसे शव फेला

सिन्धुली : सिन्धुलीको सुनकोशी गाउँपालिकामा बेवारिसे शव फेला परेको छ । सुनकोशि गाउँपालिका ५ मुल्कोटको टापु नजिकै सुनकोशीको किनारमा एक अपरिचित व्यक्तिको लास बुधबार फेला परेको हो ।

सुनकोशी नदिले उक्त लास बगाएर ल्याएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्त मनोज कुमार लामाले बताउनुभयो । लासको पहिचान गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । आन्दाजि ३० वर्षको पुरुष सुनकोशी नदि किनारमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुनकोशी नदिको पानी बाहव अहिले उच्च रहेकाले सर्तक रहन प्रवक्ता लामाले आग्रह गर्नु भयो ।

सम्बन्धित खवर