- किरण न्यौपाने
रंगेली । कोरोनाको पहिलो कहरमा बिचल्लीमा परेका निर्वाचन क्षेत्रका जनताहरुलाई उद्धार र राहत उपल्वध गराएर जिम्मेवारी देखाएका पुर्व सञ्चार मन्त्री तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य एव मोरङ्ग क्षेत्र नं. २ का सांसद डा. मिनेन्द्र रिजालले थप जनप्रयि सहयोग उपल्वध गराएका छन् ।
कोरोनाको दोस्रो लहरमा समेत डा।रिजालले निर्वाचन क्षेत्रका अति विपन्न परिवारलाई महिना दिन सम्म दुई छाक खान पुग्ने गरी सामाजिक अभियान्ता मार्फत सहयोग उपल्वध गराएका छन् ।
डा.रिजालले महामारीमा रोग संगै भोकले कोही विपन्न चिन्तीन हुनुुनपरोस भनी सुनवर्षि सहयोग अभियान मार्फत निर्वाचन क्षेत्रका तत्काल एक सय परिवारलाई महिना दिन दुई छाक खान पुग्ने गरी खाधान्न सहयोग उपल्वध गराएको स्वकिय विकास सिवाकोटीले जानकारी दिए ।
डा. रिजालले सुनवर्षि सहयोग अभियान्ता सदस्य विरेन्द्र कुमार साह मार्फत १ लाख ७० हजार रुपैया सहयोग उपल्वध गराएका हुन् ।
अभियान्ताले सो सहयोेग मार्फत मोरङ्ग क्षेत्र नं।२ को सुनवर्षि, रतुवामाई, कानेपोखरी र रंगेली नगरका अति विपन्न परिवारलाई प्रति परिवार १ हजार सात सय रुपैया बरावरको दाल, चामल, दाल, नुन, तेल लगायतको सहयोग उपल्वध गराउने योजना रहेको काग्रेस युवा नेता अषिस कार्कीले बताए ।
यस अघि डा।रिजालले क्षेत्रका जनतालाई कोरोनाका कहर बाट जोगिनका लागी २० हजार माक्स सहित स्वास्थ्य सामाग्री उपल्वध गराएका थिए ।
सुनवर्षि सहयोग अभियान्ताले दोस्रो कोरोना लहरमा एक महिना यता देखी अति विपन्न परिवारलाई जनसहयोग बाट राहत सामाग्री उपल्वध गराउदै आएका छ ।