स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

स्याङजा, २ असार । स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भीरकोट नगरपालिका–४ दर्बुङठाटीस्थित भित्री कच्ची सडक खण्डमा बानेथोकबाट बयारघारीतर्फ जाँदै गरेको ग. १ ज ४९४० नम्बरको जीप दुर्घटना हुँदा अरु पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा भीरकोट नगरपालिका–३ का ३६ वर्षीय गणेशजंग अधिकारीको मृत्यु भएको छ । जीप चालक ३० वर्षीय मनु भन्ने विकास थापा, ४० वर्षीय रेशम परियार, ४६ वर्षीया प्रतिमा परियार, ४८ वर्षीय रूकबहादुर परियार, २८ वर्षीया सोनी श्रेष्ठ र २४ वर्षीय दिनेश परियार घाइते छन् ।

उनीहरुलाई उपचारका लागि पोखरा पठाइएको छ । एक जना भने सकुशल छन् । जीपमा चालकसहित ८ जना सवार थिए ।

सम्बन्धित खवर