कोरोना नियन्त्रणलाई प्राथामिकतामा राखेर सातै प्रदेशको बजेट प्रस्तुत हुँदै

कोरोना नियन्त्रणलाई प्राथामिकतामा राखेर सातै प्रदेशको बजेट प्रस्तुत हुँदै

सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दैछन् ।

प्रत्येक वर्ष असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार बजेट पेश गर्न लागिएको हो ।

सोमबार प्रदेश १, वागमती र लुम्बिनीमा दिउँसो तीन बजे बजेट वाचन हुने छ । प्रदेश २, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे बजेट भाषणको तयारी छ । त्यस्तै, बजेट भाषणअघि गण्डकी र कर्णालीमा आजै नीति तथा कार्यक्रममाथि मतदान पनि हुने कार्यक्रम छ ।

यसपालिको बजेट सबै प्रदेशले कोरोना नियन्त्रण तथा रोकथामलाई विशेष प्राथामिकतामा राखेका छन् ।

सम्बन्धित खवर