नक्कली ‘डीएसपी’ बनेर जनतालाई ठग्दै आएक एक जना पक्राउ

नक्कली ‘डीएसपी’ बनेर जनतालाई ठग्दै आएक एक जना पक्राउ

आफूलाई नेपाल प्रहरीको डाक्टर मेडिकल प्रहरी नायब उपरीक्षक (डीएसपी) बताउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–६, जरङगू बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना छन् । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनले आफू ‘मेडिकल डाइरेक्टर हुँ’ भन्दै मेडिकल फर्म सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र प्रहरीको डीएसपी र सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरीको डीएसपी बताउने गरेका थिए । उनले नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षकको पोसाक लगाएको फोटो आफ्नो फेसबुक प्रोफाइलमा राखेका थिए ।

उनले तारकेश्वर नगरपालिकामा भिक्टोरिया फार्मेसी सञ्चालन गर्दै आएको र त्यहीँबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

कोही व्यक्ति पक्राउ परेका ढुंगानाबाट पीडित भएको भए महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

सम्बन्धित खवर