बोका, बाख्रालाई प्लेकार्ड झुण्डाएर बेलबारी नगरपालिकाको गेटमा प्रदर्शन

बोका, बाख्रालाई प्लेकार्ड झुण्डाएर बेलबारी नगरपालिकाको गेटमा प्रदर्शन

भीमराज अधिकारी, मोरङ

मोरङको बेलबारी नगरपालिकाको गेटमा प्लेकार्ड झुण्डाएका बोका, बाख्रा सहित नगरवासीहरुले प्रर्दशन गरेका छन् ।

सोमबार प्लेकार्ड सहित आएका युवाहरुको समुहले किसानको आखामा छारो हालेको भन्दै प्रदर्शन गरेका हुन् । ‘‘हामी बिदेशी बोका होईनौँ नेपाली बोका हौँ, हाम्रो घर नवलपराजी हो, हामीलाई बिदेशी भन्न पाईन्न, हामी जहाज चढेर आएका होईनौँ, बिदेशी भनेर हाम्रो बेईज्जत नहोस, लगायतका दर्जनौं नाराहरु लेखिएका प्लेकार्ड झुण्डाईएका बोकासहित प्रर्दशन गरेका हुन् ।’’

जेठ १५ गते नगरपालिकाले फुल ब्लड बोयर अष्ट्रेलियाबाट चारटर्ड गरेर ल्याइ वितरण गरेको जनाएको थियो । पछि वितरण गरिएका बोका, पाठिहरु नेपालकै नवलपरासीमा रहेको केशर एग्रो फार्मबाट खरिद गरेर ल्याएको पाइएपछि चर्को बिरोध भइरहेको छ ।

१ करोड २४ लाखमा अष्ट्रेलियाबाट खरिद गरेर ल्याएको बताइए पनि केशर एग्रो फार्मबाट २३ लाखमा खरिद गरेर १ करोड १ लाख भष्ट्राचार गरेको भन्दै आइतबार अख्तिायार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा उजुरी समेत परेको छ । नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाह, बेलाबारी वडा नं. १ का उत्तम गिरी, ग्रो अर्गानिक कृषि फर्म संखुवासभाका श्याम पाण्डे सहित जनप्रतिनिधिहरुलाई विपक्षी बनाइ उजरी दर्ता गरिएको छ ।

बेलबारीका सुजित बस्नेत, खेम गौतम, रिक्त गुरुंग, कमल सुब्बा, बिशाल थापा, ऐश्वर्यप्रसाद आचार्य (बिपिन) लगायतका युवाहरुको नेतृत्वमा दर्जनौ युवाहरु बिरोध प्रर्दशनसहित सोमबार नगरपालिका पुगेका हुन् ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: