देउवा, प्रचण्ड र माधव नेपालबिच कोटेश्वरमा छलफल

देउवा, प्रचण्ड र माधव नेपालबिच कोटेश्वरमा छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेका नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा छलफल भएको छ ।

विपक्षी गठबन्धनका तीन नेताबीच सोमबार साँझ छलफल भएको हो। भेटमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी थिए ।

छलफल २ घण्टासम्म चलेको र करिब ७ बजेतिर देउवा र प्रचण्ड नेपाल निवासबाट बाहिरिएको देउवानिकट स्रोतले जानकारी दिएको छ । भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले बताएको छ ।

ओली विरोधी गठबन्धनमा रहेको एमालेको माधव नेपाल पक्षले प्रदेशमा ओली पक्षलाई दिएको साथको विषयमा पनि कुराकानी भएको स्रोतको दावी छ ।

साथै कर्णालीका सांसदलाई सर्वोच्च अदालतले गरेको पद बहालीको विषयमा पनि भेटमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित खवर